Skip to main content

Nidan Media

आज कुकुर तिहार, पूजा आराधना गरी कुकुरलाई मीठा परिकार खुवाइँदै

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा कुकुरको पूजा आराधना गरी मीठा खानेकुरा खुवाएर सम्मान गरिँदैछ।

यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो।

समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाउनुपर्छ।

कुकुरलाई मीठा परिकार खुवाउँदा यमलोकका द्वारपाल श्याम र सबलले बाटो छोडिदिने धार्मिक विश्वास छ।

धार्मिक मान्यताअनुसार कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको थियो। आज्ञापालक र सुरक्षाका लागि भरपर्दो जनावर मानिने कुकुरप्रति सम्मान प्रकट गर्न तिहारमा विशेष पूजा गर्ने परम्परा रहेको छ।

आज नरक चतुर्दशीको विधिअनुसार बिहान अरुणोदयकालमा तीर्थ, नदी वा तलाउमा स्नान तथा तर्पण गरी यमदीप दक्षिण फर्काएर बालेर बगाउने चलन पनि छ।

यसरी बत्ती बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको गौतमले बताए। यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ।

यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा छ। यसले शरीर स्वस्थ राख्न सहयोग पुग्ने आयुर्वेदिक मान्यता रहेकाले तिहारलाई स्वास्थ्य सुरक्षासँग पनि जोडेर हेर्ने गरिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.