Skip to main content

Nidan Media

तोलामा आठ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सातको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा आठ सय र चाँदीको ३५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँ रहेको थियो।

यता, गत शुक्रबार प्रतितोला चार हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर चार हजार चार सय ४० रुपैयाँ कायम भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.