Skip to main content

Nidan Media

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भूभागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

त्यसैगरी मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.