Nidan Media

बराहतालमा जेसीबी भिरबाट खस्दा चालकको मृत्यु

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका-७ नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन सडकबाट करिब तीन सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।

बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी सडकबाट भिरमा खसेको हो।

दुर्घटनामा बराहताल गाउँपालिका-५ निवासी करिब ३३ वर्षीय चालक रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत लगिएको थियो।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.