Nidan Media

कोलम्बियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या एक सय ३२ पुग्यो

काठमाडौँ। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान गएको ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक सय ३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पेरेइरा सहरमा मात्रै ६० जनाको मृत्यु भएको छ। देशका पाँच प्रमुख सहरमा ‘रेड अलर्ट’ जारी गरिएको छ।

भूकम्पका कारण ८६ भवन पूर्ण रूपमा भत्किएका छन् भने १ हजार ५७७ आवासीय भवनमा क्षति पुगेको छ।

राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाका अनुसार १८ स्वास्थ्य संस्था र ५२ विद्यालयमा समेत क्षति पुगेको छ। राजधानी बोगोटासहित विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार चोको क्षेत्रको सान होजे डेल पाल्मारनजिक गएको भूकम्पको केन्द्रबिन्दु बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा र १०७ किलोमिटर गहिराइमा रहेको थियो।

राष्ट्रपति नेतृत्वको आपत्कालीन समितिले उद्धार तथा राहत कार्य तीव्र बनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.