काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिहान करिब ७ बजे लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट करिब एक सय १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनीहरूको त्यहीँ उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





