काठमाडौँ । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले चार स्वर्ण, पाँच रजत र छ कांस्य गरी १५ पदक जितेका छन् ।
काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार उनीका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेका छन् ।
लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक हात पारेका छन् ।
सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।





