Nidan Media

जुवातास खेल्ने र खेलाउने १२ जना पक्राउ

पोखरा। पोखरा महानगरपालिका-३१ भाटामुलमा जुवातास खेल्ने र खेलाउने १२ जना पक्राउ परेका छन्।

बुधबार दिउँसो करिब ३ः५५ बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।

पक्राउ परेका १२ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.