Nidan Media

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुलाल पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ।

जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट साउन २४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा विभागबाट पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.