काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा चार हजार दुई सय र चाँदीको ९५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुईलाख ८३ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार तीन सय ८० रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।





