काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा आठ सय र चाँदीको ३५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई ८३ हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला चार हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।





