Nidan Media

तोलामा १६ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन-चाँदीको भाउ बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार छ सय र चाँदीको ६० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, गत शुक्रबार प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ रहेको असली चाँदीको भाउ आइतबार बढेर चार हजार चार सय १० रुपैयाँ कायम भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.