काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार आठ सय र चाँदीको एक सय ५५ रुपैयाँले ले घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार तीन सय रुपैयाँ रहेको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।





