Nidan Media

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने र सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई प्राप्त उजुरीहरूको अध्ययन गरी उपयुक्त उजुरीका उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको सुनुवाइ सम्पन्न गर्न कार्यतालिका निर्माण गर्नुपर्ने भएकाले सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकामाथि छलफल गर्न आग्रह गरेका थिए।

समितिले सिफारिस भएका उम्मेद्वारमाथि परेका उजुरी, उनीहरूको कार्ययोजना तथा आवश्यक छलफलका आधारमा संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.