काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन सुनको भाउ बढ्दा चाँदीको घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदीको ८० रुपैयाँ घटेको हो ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँ रहेको थियो।
यता, बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार एक सय ८० रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।




