Nidan Media

मोटरसाइकल दुर्घटना दुई युवकसहित तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार युवकसहित पैदल यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी तथा काठमाडौंको टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार जोशी र अधिकारीको शव बयोधा अस्पतालमा राखिएको छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.