Nidan Media

कास्कीमा बैंकिङ कसूर र चेक अनादर कसूरमा भागेका चार जना पक्राउ

पोखरा । कास्की प्रहरीले विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कास्की जिल्ला अदालतबाट विभिन्न कसुरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलासका क्रममा तीन पुरुष र एक महिलासहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानूनी कारबाही तथा बाँकी कैद सजाय र जरिवाना असुलउपरका लागि बिहीबार नै कास्की जिल्ला अदालतमा बुझाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट चार वर्ष पाँच दिन कैद सजाय र तीन हजार रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको छ।

पक्राउ परेकामध्ये दुई जना बैंकिङ कसुर तथा दुई जना चेक अनादर कसूरका प्रतिवादी रहेका छन्। उनीहरू लामो समयदेखि अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.