Nidan Media

अवतरण प्रयासमा दुर्घटना: भारतीय वायुसेनाका पाँच कर्मचारीको मृत्यु

काठमाडौँ । भारतीय वायुसेनाको विमान दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना सहपाइलट घाइते भएका छन् ।

भारतको असमस्थित जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको छ ।

भारतीय वायुसेनाले दुर्घटनामा पाँच जना कर्मचारीको मृत्यु भएको पुष्टि गर्दै उनीहरूप्रति समवेदना व्यक्त गरेको छ ।

उडानका क्रममा अवतरण गर्ने प्रयास गर्दा विमान खसेर दुई टुक्रा भएको र त्यसपछि आगलागी भएको बताइएको छ । नियमित सैन्य तथा सामान ढुवानीमा प्रयोग हुने एन–३२ विमान दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको भारतीय वायुसेनाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.