Nidan Media

तोलामा ५३ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार तीन सय र चाँदीको एक सय ९० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ रहेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार छ सय ५० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर प्रतितोला चार हजार आठ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.