काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ नजिक पुगेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।





