Nidan Media

ह्वात्तै बढ्यो कर्मचारीको तलब, न्यूनतम् ४० हजार पुग्यो

काठमाडौँ। सरकारले सरकारी कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् ।

वाग्लेले कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि अधिकतम एक लाखभन्दा बढी कायम गरिएको जानकारी दिए ।

सरकारले कर्मचारीको चलब बढाएसँगै महंगी पनि बढ्ने आकलन गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.