Nidan Media

नेपाललाई ग्रे-लिस्टबाट हटाइने, नागरिक एपमा सबै सरकारी सेवा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई यथाशीघ्र ग्रे–लिस्टबाट हटाइने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उनले ग्रे–लिस्टबाट बाहिर ल्याउन आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अघि बढाइने जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले कृषि तथा पशुपालन क्षेत्रमा कम्तीमा दुई करोड रुपैयाँ लगानी गर्ने कृषकलाई प्रोत्साहन गरिने पनि बताएका छन् ।

उनका अनुसार त्यस्ता कृषकलाई सरकारले वार्षिक १० प्रतिशतका दरले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।

सरकारले कृषि क्षेत्रमा दिइने सहुलियतपूर्ण कर्जालाई वास्तविक किसानसम्म पुर्‍याउने लक्ष्य राखेको पनि उनले उल्लेख गरे ।

यसैगरी सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।

यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने र नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेको उनले जानकारी दिए ।

यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ । एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिनेछ ।

यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ । अब हरित करका रूपमा सरकारले राजश्व संकलन गर्ने नीति लिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.