सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ ११ गते सोमबार, इस्वीसंवत मे २५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको नवमी तिथि बिहानमा ८ः३१ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाफाल्गुनी बिहानमा ६ः५९ बजेसम्म त्यसपछि उत्तराफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण ६ घटि ४६ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।
सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३४ घटि ०४ पला अर्थात १३ घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१२ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा १ः३७ बजे र अस्ताउने समय राति १ः२० बजे रहेको छ ।
आजको राशिफल
मेषः आज तपाईंभित्र सिर्जनात्मक सोच र नयाँ काम गर्ने उत्साह बढ्नेछ। सिंह राशिको चन्द्रमाको प्रभावले रोकिएका योजना अघि बढ्ने सम्भावना देखिन्छ। अध्ययन, तालिम वा ज्ञान बढाउने विषयमा रुचि बढ्ने दिन हो। परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनुहुन्छ भने सकारात्मक नतिजा मिल्न सक्छ। साथीभाइ र परिवारबाट राम्रो साथ प्राप्त हुनेछ। सन्तान वा कनिष्ठ व्यक्तिबाट खुसीको खबर सुन्न पाइनेछ। मनमा लागेको कुरा खुलेर व्यक्त गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। प्रेम सम्बन्धमा रहेको असन्तुष्टि हटाउन संवाद आवश्यक देखिन्छ। आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ। दिनभर आत्मविश्वास बढ्नेछ।
वृषः आज आर्थिक लाभको सम्भावना राम्रो देखिन्छ। सिंह राशिको चन्द्रमाको प्रभावले व्यापार, लगानी वा घरजग्गासम्बन्धी काममा फाइदा हुन सक्छ। हाकिम वा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। परिवारबाट सुखद समाचार प्राप्त हुन सक्छ। सेयर बजार वा अचल सम्पत्तिमा लगानी गर्ने सोच छ भने समय अनुकूल देखिन्छ। व्यवसाय विस्तारका लागि खर्च बढ्न सक्छ, तर त्यसले भविष्यमा लाभ दिने संकेत छ। घरपरिवारलाई पर्याप्त समय दिन नसक्दा केही गुनासो आउन सक्छ। अपरिचित व्यक्तिसँग व्यवहार गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ। आज बोली र व्यवहारमा संयम राखे राम्रो परिणाम मिल्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा काम सफल हुनेछ।
मिथुनः आज साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। चन्द्रमा सिंह राशिाा रहँदा सहकार्य र सहयोगको भावना बढ्ने दिन हो। पढाइ, लेखाइ वा भविष्यको योजनाबारे महत्वपूर्ण छलफल हुन सक्छ। सामाजिक तथा सार्वजनिक काममा सक्रिय बन्ने अवसर प्राप्त हुनेछ। नयाँ प्रविधि वा सीप सिक्न रुचि बढ्नेछ। करियर परिवर्तन वा उच्च शिक्षाको योजना बनाउने सोच आउन सक्छ। कलात्मक क्षेत्रमा रुचि भएकाले आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। वरिष्ठ व्यक्तिहरू तपाईंको कामबाट प्रभावित बन्न सक्छन्। काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राख्न आवश्यक देखिन्छ। धैर्य र अनुशासन अपनाएमा दिन उपलब्धिमूलक बन्नेछ।
कर्कटः आज मनमा नयाँ आशा र उत्साह जाग्ने दिन छ। सिंह राशिको चन्द्रमाको प्रभावले एक्लोपन महसुस गरिरहनुभएको छ भने नयाँ व्यक्तिसँगको भेटले मन खुसी बनाउन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। व्यापार वा काममा लाभ हुने सम्भावना राम्रो देखिन्छ। तर शङ्कास्पद वा जोखिमपूर्ण काममा हात हाल्दा समस्या आउन सक्छ। बोली र व्यवहारमा नम्रता अपनाउनु अत्यन्त आवश्यक छ। सेवाग्राही वा सहकर्मीले तपाईंको कामको समीक्षा गर्न सक्छन्। अधुरा वाचा पूरा गर्ने प्रयास गर्नुहोस्। प्रेम सम्बन्धमा समझदारी बढ्नेछ। संयमित निर्णयले दिन सफल बन्नेछ।
सिंहः आज आफन्त र प्रियजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले परिवारमा रमाइलो वातावरण बन्नेछ। जीवनसाथी वा प्रेमीप्रेमिकालाई समय दिनुभयो भने सम्बन्ध अझ मिठासपूर्ण बन्न सक्छ। तपाईंभित्रको आत्मविश्वास र ऊर्जा बढ्ने दिन हो। मिहिनेत र लगनशीलताले कठिन काम पनि सहज रूपमा पूरा हुनेछन्। समाजमा तपाईंको व्यक्तित्व र कार्यशैलीको प्रशंसा हुनेछ। आलोचना गर्नेहरू आफैं पछि हट्ने अवस्था आउनेछ। नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ। स्वास्थ्यमा स्फूर्ति रहने भएकाले काममा सक्रियता बढ्नेछ। आज सकारात्मक सोच राखेमा धेरै काम सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
कन्याः आज एउटै काम र वातावरणबाट दिक्क लाग्न सक्छ। नयाँ कुरा सिक्ने र फरक शैलीमा काम गर्ने इच्छा जाग्नेछ। खर्च अचानक बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सावधानी अपनाउनु आवश्यक छ। साझेदारीमा काम गर्ने सोच छ भने सबै कुरा स्पष्ट गरेर मात्र अघि बढ्नु ठीक हुन्छ। नजिकका साथी वा आफन्तसँग आर्थिक विषयमा विवाद हुनसक्छ। विवादास्पद जिम्मेवारी आउन सक्छ, जसबाट लाभ भए पनि मनमा असन्तुष्टि रहन सक्छ। सञ्चित धन आवश्यक काममा खर्च हुनसक्छ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। धैर्य राखेर काम गर्दा दिन सहज बन्नेछ। सकारात्मक सोचले समस्या कम हुनेछ।
तुलाः आज सरकारी वा प्रशासनिक काम मिलाउने राम्रो समय छ। सिंह राशिको चन्द्रमाको प्रभावले रोकिएका कागजी प्रक्रिया अघि बढ्ने सम्भावना देखिन्छ। साथीभाइ र सहकर्मीबाट राम्रो सहयोग प्राप्त हुनेछ। अधुरा काम फेरि सुरु गर्न प्रेरणा मिल्नेछ। खर्च बढे पनि पुरानो लगानीबाट फाइदा आउने संकेत छ। आफ्नो प्रतिष्ठा र सम्मान बढाउन थप मेहनत गर्नुपर्ने देखिन्छ। परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ। सामाजिक सम्बन्ध बलियो बन्ने दिन हो। घरपरिवारमा खुसीको वातावरण रहनेछ। आत्मविश्वासका साथ अघि बढेमा सफलता नजिक हुने देखिन्छ।
बृश्चिकः आज तपाईंको व्यक्तित्व र प्रभाव बढ्ने दिन हो। सिंह राशिको चन्द्रमाको प्रभावले राजनीति, समाजसेवा वा नेतृत्वसँग सम्बन्धित काममा सम्मान प्राप्त हुन सक्छ। मेहनत गरेमा पुरस्कार वा उपलब्धि हासिल गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धीहरू समेत तपाईंको सहयोग खोज्न आउन सक्छन्। आत्मविश्वास र निर्णय क्षमता बलियो रहनेछ। आफ्नो विचार स्पष्ट र तर्कसंगत रूपमा राख्दा मानिसहरू प्रभावित हुनेछन्। पार्टनरसँग समझदारी बढ्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ। आलस्य त्यागेर काममा सक्रिय हुन आवश्यक छ। दिनभर उत्साह र सकारात्मक ऊर्जा कायम रहने देखिएको छ।
धनुः आज चुनौतीका बीच पनि काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन हो। सिंह राशिको चन्द्रमाको प्रभावले राम्रो कामका कारण प्रशंसा प्राप्त हुनेछ। परिवार र अभिभावकको साथ सहयोग बलियो रहनेछ। प्रेम सम्बन्धमा भावनात्मक कुराकानी आवश्यक देखिन्छ। रिस वा आवेग नियन्त्रण गर्न सके सम्बन्ध राम्रो बन्नेछ। मातापिता र गुरुजनबाट आशीर्वाद तथा प्रेरणा मिल्नेछ। टाढाको यात्रा वा भ्रमणको योजना बन्न सक्छ। नयाँ अनुभवले मन उत्साहित हुनेछ। काममा धैर्य राख्दा राम्रो नतिजा प्राप्त हुनेछ। आज आत्मसम्मान जोगाएर अघि बढ्ने दिन रहेको छ।
मकरः आज स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ। लो ब्लडप्रेसर वा थकानको समस्या भएकाले खानपानमा ध्यान दिन आवश्यक छ। व्यवसायमा विशेषगरी खनिज वा पुरातात्त्विक वस्तुसँग सम्बन्धित काममा लाभ हुन सक्छ। मनमा लागेको शंका विश्वस्त व्यक्तिसँग साझा गर्दा राहत मिल्नेछ। नयाँ विषय सिक्ने र जानकारी बढाउने अवसर प्राप्त हुनेछ। तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुने देखिन्छ
कुम्भः आज कला, मनोरञ्जन र सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। अभिनय, गायन, नृत्य वा डिजाइनिङजस्ता क्षेत्रमा काम गर्नेहरूका लागि समय अनुकूल देखिन्छ। साथीभाइ र परिवारसँग रमाइलो वातावरण बन्नेछ। दाम्पत्य जीवनमा खुसी र समझदारी बढ्नेछ। उपहार वा मनोरञ्जनका सामग्रीबाट लाभ हुन सक्छ। कल्पनाशक्ति बलियो भए पनि काममा ध्यान केन्द्रित गर्नु आवश्यक छ। धेरै रमाइलोमा समय बिताउँदा महत्वपूर्ण काम अधुरा रहन सक्छन्। मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ। आज सकारात्मक सोच र अनुशासनले सफलता दिलाउनेछ।
मीनः आज कार्यक्षेत्रमा निकै व्यस्तता रहनेछ। जिम्मेवारी बढ्ने भएकाले धैर्य र सावधानी आवश्यक देखिन्छ। सेवाग्राही वा सहकर्मीसँग विवाद हुनसक्ने भएकाले बोलीमा संयम अपनाउनुहोस्। प्रतिस्पर्धीहरूले तपाईंको कमजोरी खोज्ने प्रयास गर्न सक्छन्। प्रेम सम्बन्धमा केही तनाव आए पनि खुलेर कुरा गर्दा मन हल्का हुनेछ। स्वास्थ्यमा सामान्य उतारचढाव देखिन सक्छ। अनावश्यक चिन्ता र विवादबाट टाढा रहनु राम्रो हुन्छ। व्यवसायिक अवस्था सामान्य रहनेछ। परिवारको साथले मनोबल बढाउनेछ। सकारात्मक सोच राखेमा दिन सहज रूपमा बित्नेछ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म अमृत बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म काल बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म शुभ बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म उद्धेग बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म चर बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म लाभ बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म काल बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म शुभ बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म रोग बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म चर बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म लाभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म अमृत बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




