सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ ५ गते मंगलबार, इस्वीसंवत मे १९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको तृतीया तिथि साँझमा ६ः४९ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा मृगशिरा दिनमा १२ः५७ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति ४३ घटि ०३ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा रक्ष रहनेछ ।
सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५० पला अर्थात १३ घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१५ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ७ः११ बजे र अस्ताउने समय राति ९ः५६ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज समय शुभ रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले विशेष अवसर प्राप्त हुनेछ । मेहनतले लक्ष्यमा पुर्याउनेछ। पछिसम्म फाइदा हुने काम हातलाग्ने देखिएको छ। यसअघि गरिएको श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा उल्लेखनीय प्रगति हुनेछ भने व्यापारमा राम्रो लाभ मिल्नेछ। दीर्घकालीन योजना शुरु गर्नका लागि आजको दिन अनुकूल रहेको छ। सञ्चित धनको उपयोगबाट लाभ भने प्रतीक्षित काम बन्नेछ । परिवारबाट सहयोग मिल्नाले मन प्रशन्न रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
वृषः आज समय चुनौतीपूर्ण रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले विवादास्पद काममा अल्मलिनुपर्नेछ । जसले गर्नैपर्ने काम रोकिन सक्नेछ। आज अवसरवादीहरूबाट सजग रहन आवश्यक छ। महत्वपर्ण काममा आफन्त र अग्रजले धोखा दिन सक्नेछन्। आज खर्च बढ्ने सम्भावना रहेकाले धैर्यता अपनाउनु उचित हुनेछ। मानसिक तनाव बढ्न सक्ने भएकाले सतर्क रहनुहोला। आज गरिने जुनसुकै निर्णय सोचेरमात्र गर्नुपर्ने ग्रहगोचर रहेको छ। त्यसैले योजना बनाएर अघि बढ्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
मिथुनः आज समय राम्रो रहनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले मनोबल उच्च रहनेछ। व्यापार तथा कामकाजमा सुधार आउनेछ भने परिवारमा खुसी छाउनेछ। आज महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछ । मेहनतले सफलता दिलाउनेछ। चुनौतीहरू स्वतः हट्ने देखिन्छ। टाढिएका शुभचिन्तकहरू नजिक हुने र धार्मिक काममा सहभागी हुन पाइनेछ। आज सहयोगीहरूको साथ पाइने हुनाले दाम, नाम र सम्मान प्राप्त हुनेछ। आजको दिनमा सकारात्मक ऊर्जा लिएर अघि बढ्दा सफलता हासिल हुने सम्भावना देखिएको छ।
कर्कटः आज समय खराब रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले कामको चाप बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले व्यायाम र आहारविहारमा ध्यान दिनुहोला । आज गर्न खोजेका जुनसुकै कार्यमा समस्या आउनेछ । आज हतारमा कुनै पनि निर्णय नगर्नुहोला । अरूको सुझाव सुनेरमात्र अघि बढ्नुहोला। आज यात्रामा पनि विशेष ध्यान दिन आवश्यक छ। आज आफ्नै कर्मचारीबाट धोका हुन सक्नेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याएर गर्नुपर्ने देखिएको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
सिंहः आज समय शुभ रहनेछ। स्वास्थ्य राम्रो रहँदा आत्मविश्वास बढ्नेछ। यसअघि गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले विभिन्न उपहार पाइने सम्भावना छ। सहयोगीहरूको साथ प्राप्त हुँदा रोकिएका काम बन्नेछन्। नयाँ काम शुरु गर्ने अवसर पनि मिल्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धी कमजोर हुनेछन्। कृषि कर्मबाट धन आर्जन हुने योग रहेको छ। नयाँ योजना सफल बन्ने र मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुने देखिन्छ।
कन्याः आज समय मध्यम खालको रहनेछ। बोली वचन पुर्याउन नसक्दा समाजमा तपाईंको आलोचना हुनेछ भने कमजोरीमाथि कडा टिप्पणी हुन सक्नेछ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन्। आर्थिक अभावले गरिरहेका काम रोकिनेछ। विगतको श्रमबाट लाभ भए पनि आक्षेप लगाउनेहरूले दुःख दिनेछन्। मानसम्मानमा पनि असर पर्न सक्ने देखिन्छ। तर शुभचिन्तकको साथले स्थितिमा सुधार आउनेछ। धैर्यता राखेर काम गर्दा निकै राम्रो हुनेछ। आज संयमता र सकारात्मक सोच राखेर अघि बढेमा राम्रो हुने देखिएको छ ।
तुलाः आज समय शुभ छैन भने स्वास्थ्य पनि कमजोर रहनेछ। त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिएर अनावश्यक तनावबाट टाढा रहनुहोला । मनमा सकारात्मक सोच राखेर अघि बढ्न आवश्यक छ। नयाँ काममा हात हाल्न ढिलाई गर्नु नै उचित हुनेछ। गरिरहेका काम बिग्रने डरले सताउने भएकाले ज्यादै न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था रहनेछ। अरूका काममा धेरै समय खर्चिनुपर्दा विगतकै समस्या दोहोरिनेछ। घरायसी समस्या पनि आउन सक्छ। आज पहिलेका कामलाई निरन्तरता दिन सकिए राम्रो हुनेछ।
वृश्चिकः आज समय शुभ छैन। मिथुन राशिको चन्द्रमाको प्रभावले अवसरको खोजीमा दौडधूप गर्नुपर्ने देखिन्छ । परिश्रम धेरै लागे पनि प्रतिफल कम प्राप्त हुनेछ। समयमा होस नपुग्दा काम रोक्नुपर्ने अवस्था आउनेछ। फाइदाका पछि लाग्दा साथीभाइसँग तनाव बढ्न सक्नेछ। खर्च बढ्ने भएकाले आर्थिक अभाव देखिनेछ। टाढाको यात्रा गर्दा निकै सतर्क हुनुहोला । आज साथीहरूसँग सम्बन्ध सुधार्ने प्रयास गर्दा निकै राम्रो हुनेछ। आर्थिक योजना बनाउँदा निकै मेहनत गर्नुपर्ने देखिएको छ।
धनुः आज समय राम्रो रहनेछ। शत्रुहरू आफै पछि हट्नेछन् भने विवादित निर्णय तपाईंकै पक्षमा आउनेछ। घर परिवारमा खुसी छाउनेछ। पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ। नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अघि बढ्न सकिनेछ। व्यापार व्यवसायमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ। आज पाइने अवसरको सही उपयोग गर्नुहोला। आज आत्मविश्वासका साथमा नयाँ योजना बनाउन आवश्यक छ हरेक काममा परिवारको सहयोग प्राप्त हुनेछ। आज बिहान देवीको दर्शन गरेर यात्रा र नयाँ कामको थालनी गर्दा निकै राम्रो हुनेछ।
मकरः आज स्वास्थ्य राम्रो रहनेछ। अदालतको निर्णय तपाईंको पक्षमा आउनेछ। पढाइमा मन लाग्नेछ भने राम्रो नतिजा प्राप्त हुनेछ। भाग्यले साथ दिने भएकाले थोरै लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दाजुभाइ तथा आफन्तसँग सम्बन्ध सुमधुर रहनेछ। आज सकारात्मक ऊर्जा प्राप्त हुनाले आत्मविश्वास बढ्नेछ भने नयाँ अवसर प्राप्त हुनेछ । व्यापारमा उच्च सफलता मिल्नाले परिवार खुसी हुनेछन् । आज धार्मिक यात्रा र देवीको दर्शन गर्दा मनमा उत्साह र शरीरमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।
कुम्भः आज समय खराब रहनेछ। स्वास्थ्य पनि राम्रो रहने छैन । परिवारका सदस्यहरू तपाईंदेखि टाढिनेछन् । पढाइमा समय दिन नसक्दा नतिजा कमजोर आउनेछ। राजनीति तथा समाजसेवामा आलोचना बढ्नेछ।। आँखामा एक्कासि समस्या आउनेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । आज कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । आज टाढाको यात्रा, नयाँ मित्रसंगको भेटघाट समेत विफल हुने देखिएको छ । आज नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने मातापिताको आशिर्वाद अवश्य गर्नुहोला ।
मीनः आज समय खराब रहनेछ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने ग्रहगोचर छ । सरकारी स्रोतको सही उपयोग नहुँदा आम्दानी घट्न सक्नेछ भने झमेलामा पनि पर्न सकिनेछ। आफ्नै कारणले पढाइमा बाधा आउनेछ। आत्मबल कमजोर हुँदा प्रतिस्पर्धामा पछि सरिनेछ। प्रेम सम्बन्धमा विवाद र जीवनसाथीसँग अविश्वास बढ्ने सम्भावना रहेको छ। अनावश्यक जोखिमबाट टाढा रहनुहोला । परिवारसँग सल्लाह गरेर निर्णय लिनुहोला । आज सकारात्मक सोच राखेर काम गर्दा सफलता मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१४ बजेदेखि ६ः५५ बजेसम्म रोग बेला
बिहान ६ः५५ बजेदेखि ८ः३७ बजेसम्म उद्धेग बेला
बिहान ८ः३७ बजेदेखि १०ः१८ बजेसम्म चर बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म लाभ बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४१ बजेसम्म अमृत बेला
दिनमा १ः४१ बजेदेखि ३ः२३ बजेसम्म काल बेला
दिनमा ३ः२३ बजेदेखि ५ः०४ बजेसम्म शुभ बेला
दिनमा ५ः०४ बजेदेखि ६ः४६ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४६ बजेदेखि ८ः०४ बजेसम्म उद्धेग बेला
साँझ ८ः०४ बजेदेखि ९ः२३ बजेसम्म चर बेला
राति ९ः२३ बजेदेखि १०ः४१ बजेसम्म लाभ बेला
राति १०ः४१ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म काल बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म शुभ बेला
रातिमा २ः३६ बजेदेखि ३ः५५ बजेसम्म रोग बेला
रातिमा ३ः५५ बजेदेखि ०५ः१३ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





