Nidan Media

भारतीय प्रधानमन्त्री मोदीलाई उच्च राजकीय सम्मान प्रदान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडेनको सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको छ। यो स्वीडेनको सरकार प्रमुखलाई दिइने सबैभन्दा ठूलो सम्मान हो।

मोदीलाई आइतबार स्वीडेनको गोथेनबर्गमा आयोजित कार्यक्रममा उक्त सम्मान दिइएको हो। कार्यक्रममा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन सहित उच्च अधिकारीहरू उपस्थित थिए। यो सम्मान पाएपछि मोदीले पाएको अन्तर्राष्ट्रिय सम्मानको संख्या एकतीस पुगेको छ।

सम्मानपछि मोदीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यो सम्मान व्यक्तिगत नभई भारतका एक अर्ब चालीस करोड जनताको सम्मान भएको बताएका छन्। उनले भारत-स्वीडेन सम्बन्ध अझ मजबुत हुने विश्वास पनि व्यक्त गरेका छन्।

मोदी आठ वर्षपछि स्वीडेन पुगेका हुन्। यसअघि उनी सन् २०१८ मा त्यहाँ गएका थिए। यस पटक उनको विमान स्वीडेनको आकाशमा प्रवेश गर्दा स्वीडिश लडाकु विमानहरूले एस्कर्ट गरेका थिए।

स्वीडेन पुगेपछि उनलाई सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरिएको थियो। भारत र स्वीडेनबीच व्यापार, प्रविधि, रक्षा र हरित ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.