Nidan Media

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन बिचौली पक्राउ

काठमाडौँ । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-२ का २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका-३ का २१ वर्षीय राजेश साह छन् ।

यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको काम भइरहेको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार साँझ करिब ४ बजे प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.