Nidan Media

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको चाउ तोलामा चार हजार र चाँदी तीन सय ५५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार पाँच हजार सात सय ४५ रुपैयाँमा कारोवार भएको असली चाँदीको असली भाउ शुक्रबार घटेर पाँच हजार तीन सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.