काठमाडौँ। सर्लाहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं २ राईटरखोर बस्ने किसुन देव साह छन् । उनी साइकल चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलकाे फछाडि सवार १४ वर्षीय बिक्कीकुमार राउतको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ईश्वरपुर नगरपालिका-२ राईटरखोरस्थित मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको बिआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते दुर्घटनापछि मोटरसाइकल चालक सोही नगरपालिका सुकनाहा निवासी मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





