Nidan Media

वडाध्यक्षमाथि बलात्कार आरोप, अनुसन्धान जारी

मुगु । मुगुमा २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

जुम्ला जिल्ला पातारासी गाउँपालिका-५ का वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

उजुरीमा वडाध्यक्ष बुढाले पीडितलाई पटक-पटक धम्की दिँदै जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार आरोपितमाथि पक्राउपछि थप अनुसन्धान भइरहेको छ ।

उनका अनुसार अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.