Nidan Media

तोलामा २७ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार सात सय र चाँदीका ५० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आइतबार  छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार पाँच सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, गत शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर आइतबार चार हजार नौ सय ९५ रुपैयाँ पुगेको छ।

आइतबार १० ग्राम चाँदीको मूल्य चार हजार दुई सय ८३ रुपैयाँ कायम गरिएको महासंघले छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.