Nidan Media

कानूनमन्त्री गौतमसँग कोरियाका राजदूतको भेट

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताययोङले शिष्टाचार भेटघाट गरेका छन्।

गणतन्त्र कोरियाका राजदूतले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

भेटका क्रममा मन्त्री गौतम र गणतन्त्र कोरियाका राजदूतबीच न्यायको पहुँच सरल बनाउन डिजिटल रूपान्तरण गर्नका लागि गणतन्त्र कोरिया र मन्त्रालय बीच भईरहेको साझेदारी कार्यक्रमलाई निरन्तरता दिई विधिको शासनप्रति प्रतिबद्ध रही कानून तथा न्यायको क्षेत्रमा सहकार्य गर्ने र सुशासन सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो, साथै कोरियाका सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल भयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.