Nidan Media

शनिदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख ५ गते शनिबार, इस्वीसंवत अप्रिल १८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको प्रतिपदा तिथि दिनमा ३ः४३ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी बिहानमा ११ः०५ बजेसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ५१ घटि ९ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३२ घटि ०७ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३९ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ५ः४७ बजे र अस्ताउने समय साँझमा ७ः३९ बजे रहेको छ । आज विश्व सम्पदा दिवस रहेको छ।

आजको राशिफल

मेषः आज तपाईंको आत्मविश्वास बढ्ने छ । स्वास्थ्य सामान्य रहने छ। नयाँ काम सुरु गर्न राम्रो समय रहेको छ । पारिवारिक समर्थन मिल्ने छ । प्रेम सम्बन्धमा समझदारी बढ्ने छ । यात्रा सफल हुनेछ । मित्रको सहयोग पाउने सम्भावना छ । मनोबल उच्च रहने छ भने काममा राम्रो अवसर आउने सम्भावना छ । आज सकारात्मक सोच बनाउन आवश्यक छ। टाढा रहेका आफन्तहरूसँगको संवादले मन हर्षित हुनेछ।

वृषः आज काममा दबाब बढ्न सक्छ तर मेहनतले सफलता दिलाउने छ । आर्थिक स्थिति स्थिर रहने छ । नयाँ लगानी गर्दा सोच विचार गर्न आवश्यक छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रेममा सामान्य सुधार देखिने छ । स्वास्थ्य राम्रो रहने छ भने मानसिक तनाव कम गर्न ध्यान दिनु उपयुक्त हुन्छ । आज तपाइँको हातबाट आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।

मिथुनः आजको दिन निकै व्यस्त रहनेछ। बिहानैदेखि विभिन्न कामको चापले गर्दा समय व्यवस्थापन गर्न चुनौती हुन सक्छ। यद्यपि, तपाईँको फुर्तिलोपनले गर्दा सबै कामहरू समयमै सम्पन्न हुनेछन्। नयाँ प्रविधि वा उपकरणको प्रयोगले कार्य क्षमतामा वृद्धि हुनेछ। यदि तपाईँ नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उपयुक्त छ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन अविस्मरणीय हुन सक्छ।

कर्कटः आज मनमा केही दुविधा उत्पन्न हुन सक्छ, त्यसैले महत्वपूर्ण निर्णय लिनुअघि अग्रजहरूको सल्लाह लिनु राम्रो हुन्छ। काममा एकाग्रताको कमी हुन सक्छ, तर ध्यान दिएर लागेमा सफलता सम्भव छ। आर्थिक रूपमा दिन मध्यम छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। लगानी गर्नुअघि बजारको अवस्था राम्ररी बुझ्नुहोला। पारिवारिक वातावरण शान्त रहनेछ। आमा वा परिवारका वृद्ध सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोला।

सिंहः आज तपाईँको नेतृत्व क्षमताको कार्यक्षेत्रमा कदर हुनेछ। व्यापारमा प्रगति हुने देखिन्छ। विशेषगरी प्रतिस्पर्धात्मक बजारमा तपाईँको रणनीति सफल हुनेछ। नयाँ सम्झौता वा साझेदारीको लागि आजको दिन निकै अनुकूल रहेको छ। घरायसी मामिलामा समय दिनुहुनेछ। घरको सजावट वा मर्मतमा केही खर्च हुन सक्छ। जीवनसाथीसँगको आपसी समझदारीले घरको वातावरण सुखद र प्रेमपूर्ण बनाउनेछ।

कन्याः आज तपाईँले गरेको मेहनतको उचित फल मिल्ने समय छ। कार्यस्थलमा तपाईँको कामको प्रशंसा हुनेछ र पदोन्नतिको सम्भावना पनि देखिन्छ। आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनुहोला। आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ आम्दानीका स्रोतहरू पहिचान हुन सक्छन्। भूमि वा सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निर्णय लिन सहज हुनेछ। प्रेम र रोमान्सका लागि दिन अनुकूल छ। प्रेम जोडीहरूका बीचमा विश्वास बढ्नेछ ।

तुलाः आजको दिन तपाईँका लागि सन्तुलित र सुखद रहनेछ। लामो समयदेखि अल्झिएका कामहरू सुल्झाउनका लागि उत्तम अवसर प्राप्त हुनेछ। तपाईँको मृदुभाषी स्वभावले गर्दा अरूलाई सजिलै प्रभावमा पार्न सफल हुनुहुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन लाभप्रद देखिन्छ। नयाँ वस्त्र, आभूषण वा विलासिताका वस्तु खरिद गर्ने योग छ। व्यापारमा गरिएको लगानीले राम्रो प्रतिफल दिन थाल्नेछ र आर्थिक सङ्कट टरेर जानेछ।

वृश्चिकः आज अलि बढी परिश्रम र धैर्यताको आवश्यकता पर्ने देखिन्छ। कार्यक्षेत्रमा केही चुनौतीहरू देखा पर्न सक्छन्, तर तपाईँको दृढ इच्छाशक्तिले ती समस्यालाई सहजै समाधान गर्नेछ। शत्रुहरू परास्त हुनेछन् र तपाईँको विजय निश्चित छ। आर्थिक मामिलामा सचेत रहनुहोला। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटको ख्याल गर्नु उचित हुनेछ। पारिवारिक जीवनमा केही सामान्य मतभेद हुन सक्छ। आफ्नो क्रोध र वाणीमा नियन्त्रण राख्नुहोला।

धनुः आज तपाईँको भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका महत्वपूर्ण कामहरू अचानक बन्न थाल्नेछन्। उच्च पदस्थ व्यक्तित्वहरूसँगको भेटघाटले तपाईँको करियरमा ठूलो सहयोग पु¥याउनेछ र आत्मविश्वास बढ्नेछ। आर्थिक लाभका नयाँ ढोकाहरू खुल्नेछन्। वैदेशिक व्यापार वा विदेशी लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। शेयर बजारमा रुचि राख्नेहरूका लागि पनि आजको ग्रहदशा निकै अनुकूल र फलदायी देखिएको छ। प्रेम जीवनमा नयाँ उमङ्ग आउनेछ।

मकरः आजको दिन कर्मप्रधान रहनेछ। तपाईँले गरेको साना–साना प्रयासले पनि ठूलो नतिजा ल्याउन सक्छ। कार्यक्षेत्रमा कामको चाप भए पनि तपाईँको कार्यदक्षताले गर्दा सबैले तपाईँको प्रशंसा गर्नेछन्। आर्थिक स्थितिमा सुधार आउनेछ। घरजग्गा वा स्थिर सम्पत्तिको कारोबारबाट फाइदा हुने योग छ। ऋणको बोझ भएकाहरूले आज केही राहत पाउनेछन् र नयाँ बचतको योजना बनाउन सफल हुनुहुनेछ। पारिवारिक जिम्मेवारीहरू बढ्न सक्छन्।

कुम्भः आज कला, साहित्य र प्रविधिको क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन विशेष छ। आर्थिक लाभका अवसरहरू प्रशस्त मिल्नेछन्। साझेदारीमा गरिएको व्यवसायबाट राम्रो मुनाफा हात लाग्नेछ। कुनै नयाँ वस्तु खरिद गर्ने योग छ। खर्च भए पनि आम्दानीको स्रोत बलियो हुनाले चिन्ता लिनुपर्ने छैन। पारिवारिक सम्बन्धमा नयाँ उचाइ हासिल हुनेछ। जीवनसाथीसँगको सम्बन्ध झन् मधुर बन्नेछ र दुवै मिलेर कुनै नयाँ कामको सुरुवात गर्न सकिनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ।

मीनः आज तपाईँको आध्यात्मिक चेतना बढ्नेछ। मनमा शान्ति र स्थिरता महसुस हुनेछ, जसले गर्दा जटिल निर्णयहरू लिन सहज हुनेछ। परोपकार र सेवाभावले गर्दा अरूको नजरमा तपाईँको सम्मान अझ बढ्नेछ। आर्थिक रूपमा दिन राम्रो छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन् र नयाँ सम्झौता हुन सक्छ। पुख्र्यौली सम्पत्तिबाट लाभ हुने वा विवाद सुल्झिने योग छ। बचत गर्ने बानीले भविष्यमा ठूलो साथ दिनेछ। पारिवारिक भेटघाट र रमाइलोमा समय बित्नेछ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पश्चिमको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म काल बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म शुभ बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म रोग बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म चर बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म लाभ बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म अमृत बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म शुभ बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म रोग बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म लाभ बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म अमृत बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म काल बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.