काठमाडौँ । नेपाली बजारमा नयाँ वर्ष २०८३ को पहिलो दिन सुनचाँदीको भाउ बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार एक सय र चाँदीको एक सय ६५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
नको भाउ सोमबार प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार प्रतितोला चार हजार नौ सय रुपैयाँका कारोबार भएको असली चाँदीको भाउ बढेर मंगलबार पाँच हजार ६५ रुपैयाँ पुगेको महासंघले छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।





