Nidan Media

समाज

जेनजीको विरोध र्‍यालीलाई बालेनको समर्थन

जेनजीको विरोध र्‍यालीलाई बालेनको समर्थन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्तालाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीको विरोध र्‍यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई बुझ्न आग्रह गरेका छन् । ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण…
Read More
म्याग्दीबाट एकै वर्षमा अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीबाट एकै वर्षमा अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । म्याग्दीबाट गत आर्थिक वार्षिक एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ का दरले बिक्री हुँदा ६० करोडको कारोबार भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात…
Read More
मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

पाेखरा। मृगौला मानव शरीरको एक महत्वपूर्ण अंग हो, जसको शरीरलाई स्वस्थ राख्न धेरै जिम्मेवारीहरू छन् । डाक्टरहरूले प्रायः मिर्गौला स्वस्थ राख्न, सन्तुलित मात्रामा नुन खाने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको परामर्श बिना दुखाइ निवारक औषधि प्रयोग नगर्ने सल्लाह दिन्छन् । मिर्गौलामा अत्यधिक दबाबबाट बच्न धेरै अन्य उपायहरू पनि सुझाव दिइन्छ । त्यसो भए मिर्गौला स्वस्थ राख्न निश्चित मात्रामा पानी पिउनु आवश्यक छ ? मिर्गौलाले हाम्रो शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न काम गर्छ । यसले सोडियम र पोटासियम जस्ता तत्वहरूको मात्रा नियन्त्रण गर्छ । इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीका पूर्व अध्यक्ष तथा जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक डा. विवेकानंद मिर्गौला…
Read More
आज गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका…
Read More
बराबरीमा सकियो नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल

बराबरीमा सकियो नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल

काठमाडौँ । शनिबार साँझ भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरे पनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् । अब यी दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटबाट विजेताको छिनोफानो गरिनेछ ।
Read More
आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रही गण्डकी, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य…
Read More
आज इन्द्रजात्रा मनाइँदै, अनन्त चतुर्दशीमा भगवान् विष्णुको पूजा आराधना

आज इन्द्रजात्रा मनाइँदै, अनन्त चतुर्दशीमा भगवान् विष्णुको पूजा आराधना

पाेखरा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी शनिबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । भाद्रशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ…
Read More
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरिने

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरिने

पाेखरा । सरकारले तोकिएको समयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका एप र प्लेटफर्म बन्द गर्ने निर्णय गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको निर्देशनपछि मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने निर्णय गरेको थियो । त्यसअनुसार मन्त्रालयले भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । मन्त्रालयका अनुसार उक्त समयसीमा हिजो राति १२ बजेदेखि सकिएको छ । हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचीकरण भएका छन् ।…
Read More
हेमन्त शर्मा र छोरा हिरकको सहकार्यमा फ्युजन गीत: र्‍याप र मेलोडीको मिश्रण ‘मेरो गिदी नखाउँ’ सार्वजनिक

हेमन्त शर्मा र छोरा हिरकको सहकार्यमा फ्युजन गीत: र्‍याप र मेलोडीको मिश्रण ‘मेरो गिदी नखाउँ’ सार्वजनिक

 नेपाली संगीत क्षेत्रमा दशकौँदेखि आफ्नो आवाज र गीतमार्फत योगदान पुर्‍याउँदै आएका गायक हेमन्त शर्माले नयाँ प्रयोग गर्दै फ्युजन गीत सार्वजनिक गरेका छन्। ‘मेरो गिदी नखाउँ’ शीर्षकको यस गीतमा उनले गायिका एलिना चौहान र आफ्नै जेठो छोरा हिरक हेमन्त भट्टराईसँग सहकार्य गरेका छन्। गीतलाई रोचक बनाउन हिरकले र्‍यापको स्पर्श दिएका छन्, जसले युवापुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीतका शब्द र संगीत पिता–छोराकै संयुक्त सिर्जना हो। भिडियो पनि आकर्षक बनाइएको छ, जसमा हालका लोकप्रिय मोडल डोना थापा मगर, देवी गर्वुजा मगर र निकिसा श्रेष्ठको भूमिका देख्न सकिन्छ। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने अमृत चापागाईले सम्पादन गरेका छन्। गीत सार्वजनिक…
Read More
विष्णु माझीको गीत ‘म त नराउरी’ चर्चामा

विष्णु माझीको गीत ‘म त नराउरी’ चर्चामा

गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा नबित्दै १३ लाख बढीले हेरेका छन्। सार्वजनिक भएदेखि नै चर्चामा रहन सफल गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा महिलाको जीवनका विभिन्न पक्ष, सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई चित्रण गरिएको छ। गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। विष्णु माझीको गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई उठाएको छ । विष्णु माझीको गीत कहिले आउँछ भनेर उनका फ्यानहरू निकै आतुर थिए र अन्ततः गीत निस्किएपछि सबैले मन पराएका छन् र तारिफ गरिरहेका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.