झापा। झापामा चट्याङ लागेर बुधबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा न ३ की ३५ वर्षीया दिलकुमारी ऋषिदेव छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बिहान ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् ।
मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको थियाे ।
घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।