Nidan Media

नागरिकलाई शान्ति कायम राख्न सुरक्षा प्रमुखहरूको अपिल

पाेखरा । सोमबारदेखि काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सुरक्षा निकायका प्रमुखहरुले संयमित हुन आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह सचिव, अनुसन्धान विभागका प्रमुखहरुले संयुक्त अपिल गर्दै संयमित हुन आग्रह गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको र थप जनधनको क्षति हुन नदिन अपिल गरेको हो ।

अपिल पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ ।’

विषम परिस्थितिमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिलसमेत गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.