Nidan Media

सोह्रश्राद्ध आजदेखि, पञ्चमी र षष्ठी तिथिको श्राद्ध एकैदिन गर्नुपर्ने

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्णपक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दशैँ आउनुभन्दा अगाडि आश्विनकृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझ्दा आआफ्नो योग्यता एवं श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।

पितृपक्षका १६ दिन विभिन्न तिथिमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो नितो गर्नुपर्ने हुन्छ ।

श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्छ । श्राद्धमा सबैभन्दा धेरै ९० प्रतिशत भूमिका महिलाको रहन्छ । महिलाको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृले प्राप्त गर्ने मान्यता छ ।

जो श्राद्धकर्ता हो, उसले करिब २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ । अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । महिलाले बिहान सबेरै (करिब ४ बजे) उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइ आदिलाई खुवाईपियाई गरेर राति अबेरसम्ममा भाँडा माझेर सबै थन्क्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । महिलाका कर्मको प्रभावका कारण पितृले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ ।

पितृलाई विशेष सेतो-पहेंलो बढी मनपर्ने, सेतो-पहेंलो फूलहरु चढाउनुपर्ने हुन्छ । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने मान्यता रहँदै आइरहेको छ ।

पितृका लागि विशेष गरेर सेतो-पहेंलो कपडा वा फूल, बालुवाका आकृति, गंगाजल, आफ्नो खेतबाट उब्जनी भएका अन्न दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरिदिने आशमा श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ ।

सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्नपर्ने चलन पनि छ ।

‘भाद्रशुक्ल पूर्णिमा पर्यन्त १६ दिनसम्म आश्विन कृष्ण प्रतिपदा आश्विनकृष्ण औँशी पर्यन्तसम्मको र प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाइन्छ । त्यसपछाडि देवकर्म पक्षका कामहरु गरिन्छ । त्यस कारण श्रद्धासाथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।

तीन पुस्ता भित्रकाका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलन अर्थात सोह्रश्राद्धको नियम रहेको मानिन्छ । पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने चल पनि छ । यदि बुढो हजुरबासहित तीन पुस्ता भित्रका व्यक्तिको तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलन अर्थात सोह्रश्राद्धको नियम छ ।

सोह्रश्राद्धभरि शंख घण्ट बजाउन नहुने, नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठ मन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्र लगाउने चलन छ ।

सोह्रश्राद्धभरि शंख घण्ट बजाउनु हुँदैन । शालिग्रामको पूजा गर्दा शंखघण्ट पनि बजाउन भएन । जब नवरात्र प्रारम्भ हुन्छ त्यस पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर गएर शंख घण्ट बजाउने, रातो वस्त्र लगाउने लगायतका कर्म गर्न पाइन्छ । साथै शुद्ध पवित्र खानुपर्ने माछा-मासु, लसुन, प्याज सम्झन नहुने, व्रत बस्दाखेरि घाम अस्ताउनु भन्दा पूर्व शुद्ध पवित्र खाना खानुपर्छ । १६ दिनसम्म नै स्नान, सन्ध्या, वन्दनादी कर्म गरेर शुद्ध पवित्र हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

सोह्रश्राद्धमा आफ्ना इष्ट-मित्र, नाता-गोता, बन्धु वर्ग, विशेष गरेर ब्राम्हण, वेदाध्यायी ब्राम्हण, कन्या कुमार र आफ्ना नाति, पनातीहरू, मामाले भान्जालाई बोलाएर खुवाउनाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर आशिर्वाद प्राप्त हुने भन्ने मान्यता छ । संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध भएकाले यदि श्राद्ध गरिदैन्, पितृलाई मानिदैन भनियो भने कुनै प्रकारको धर्मकर्म गरेको अर्थ नहुने धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ ।

यस वर्षको सोह्रश्राद्ध

यस वर्ष भाद्र २३ देखि आश्विन ५ गतेसम्म सोह्रश्राद्ध रहेको छ । प्रतिपदा तिथि विशेषगरी भाद्र २३ गते भनिए पनि २२ गते राति ११ः४९ बजेदेखि नै शुरू हुन्छ । यो तिथि भाद्र २३ गते राति १०ः१७ बजेसम्म कायम रहन्छ ।

यस्तै द्वितीया तिथि भाद्र २३ गते राति १०ः१८ मा शुरू भएर २४ गते राति ८ः२५ बजेसम्म रहन्छ । तृतीया तिथि २४ गते राति ८ः२६ मा शुरू भएर २५ गते साँझ ६ः१७ बजेसम्म, चतुर्थी तिथि २५ गते साँझ ६ः१८ देखि २६ गते दिउँसो ३ः४९ बजेसम्म कायम रहनेछ ।

यस्तै पञ्चमी तिथि भाद्र २६ गते दिउँसो ४ः०० बजे शुरू भएर २७ गते दिउँसो १ः३४ बजेसम्म, षष्ठी तिथि २७ गते दिउँसो १ः३५ बजे शुरू भएर २८ गते बिहान ११ः०७ बजेसम्म कायम रहनेछ । यसमा निकै विचार गर्नुपर्ने कुरा के छ भने पञ्चमी र षष्ठी तिथिको श्राद्ध २७ गते नै गर्नुपर्ने हुन्छ । किनकी श्राद्ध गर्दा मध्यान्ह पश्चात् गर्ने चलन छ । यसमा २८ गते बिहान ११ः०७ बजेसम्म षष्ठी तिथि रहेकाले अघिल्लो दिन नै श्राद्ध गर्नुपर्ने हुन्छ ।

यस्तै, भाद्र २८ गते सप्तमी, २९ गते अष्टमी, ३० गते नवमी, ३१ गते दशमी, आश्विन १ गते एकादशी, २ गते द्वादशी, ३ गते त्रयोदशी, ४ गते चतुदर्शी, ५ गते औंशी तिथिको श्राद्ध गर्नुपर्ने हुन्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.