Skip to content

रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेश गर्न उच्च अदालतको आदेश

 

उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सोधेको छ ।
उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

उच्च अदालत पोरखाका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

जिल्ला अदालत कास्कीमा लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x