Skip to content

अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(WHO) बाट बाहिरिने ‍‍‌‌: ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(WHO) बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै WHO बाट बाहिरिने बताएका हुन् ।

ह्वाइट हाउसमा WHO ओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, ‘त्यो त ठूलोमध्येकै एक हो ।’

यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले  WHO सँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कोरोना महामारीका बेला WHO चीनको ‘कठपुतली’ बनेको उनको आरोप छ । साथै कार्यकारी आदेशमा डब्लूएचओ संयुक्त राष्ट्र संघको हिस्सा भए पनि अमेरिकाले धेरै लगानी गर्नु परेको उल्लेख छ ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन(२१ जनवरी २०२१) मै WHO बाट बाहिरिने ट्रम्प प्रशासनको निर्णय उल्टाइदिएका थिए । सन् २०२३ मा WHO को कुल बजेटको २० प्रतिशत हिस्सा अमेरिकाले नै बेहोरेको थियो । विश्वव्यापी स्वास्थ्य संगठनका रूपमा रहेको WHO को वार्षिक बजेट करिब ६.८ बिलियन डलरबराबर रहेको छ ।

WHOबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णयप्रति जनस्वास्थ्य विज्ञहरू भने असन्तुष्ट छन् । मलेरिया, टिबी, एचआईभी र एड्सजस्ता सरुवा रोगहरूसँगको लडाइँमा अमेरिकी निर्णयले असर पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ ।

बाइडेन प्रशासनमा कोभिड-१९ प्रति कार्यका संयोजक रहेका आशिष झाले यस निर्णयले विश्वसमुदायको स्वास्थ्यमा असर पुर्‍याउने मात्र नभई अमेरिकी नेतृत्व र वैज्ञानिक कौशलतामा पनि क्षति पुर्‍याउने बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x