Skip to content

यू–१९ विश्वकप : फिल्डिङको कमजोरीले खेल सँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमायो

 

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

यस अघि नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। १९ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन बनाएको थियो।

 

नेपालका लागि कप्तान पूजा महतोले कप्तानी पारी खेलिन्। उनले सर्वाधिक २७ रनसमेत बनाइन्। यस्तै ‌‌ओपनर सावित्री धामीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो।

यो जितपछि स्कटल्याण्डको २ खेलमा २ अंक भएको छ भने नेपालले दुवै खेलमा हार बेहोरेर समुह डी मा पुछारमा रहेको छ ।

अब  नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x