Skip to content

सरकार असफल भए देश अराजकतातिर जान्छ : डा.शेखर कोइराला

जनकपुर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताए ।

सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको उनले बताए ।

नेता कोइरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबिच सक्रियतापूर्वक काम भइरहेको बताए ।

उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने बताए ।

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने भन्दै उनले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x