पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका हुन् । प्रहरीले भुसाललाई सोही आरोपमा पक्राउ गरेको हो । उक्त घटनाबारे छानविन गर्न समिति नै गठन भएको छ । थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने प्रहरीले तयारी गरेको छ।