Skip to main content

Nidan Media

देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प छैन : केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल वा तिहार र छठपछि आन्दोलनमा उत्रिनुपर्ने मानसिकतासहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनबाट पछि हटे देशको रक्षा गर्न नसकिने बताए।

उनले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नारा दिए पनि व्यवहारमा नेपालीलाई धोका दिइरहेको आरोप लगाए।

ओलीले सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने र बलपूर्वक घरमा प्रवेश गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले राज्यले नागरिकको स्वतन्त्रता प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गर्दै सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोपसमेत लगाए।

उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेविनाको देश बनाउने योजनालाई असफल पार्ने गरी चुनावी तयारीमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन दिए। आगामी निर्वाचनमा एमालेको पराजय चाहनेहरूको योजना दिवास्वप्नमा सीमित पार्नुपर्ने उनको भनाइ थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.