Skip to main content

Nidan Media

राधिका पाण्डेको निधनमा कांग्रेसको शोकसभा

पोखरा। नेपाली कांग्रेस पोखरा-२८ ले स्थानीय हरिश्चन्द्र पाण्डेकी धर्मपत्नी तथा ऋषिकेशव पाण्डेलगायतकी आमा राधिका पाण्डेको असामयिक निधनमा शोकसभा आयोजना गरेको छ।

वडा सभापति कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न शोकसभामा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्व कास्की जिल्ला सभापति कृष्णबहादुर केसी, निवर्तमान क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने र कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

शोकसभामा महाधिवेशन प्रतिनिधिहरू डाल्डादेवी भुजेल, नारायणकुमार श्रेष्ठ, इन्जिनियर निरोज लामिछाने, वडा अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि पूर्णकुमार गुरुङ, क्षेत्रीय सचिव नवराज ओझा, पोखरा महानगर सचिव धनञ्जय पौडेल र महानगरका पूर्वसचिव टुवराज बास्तोलालगायत सहभागी थिए।

यसैगरी पोखरा-३१ का सभापति वीरभद्र कँडेल तथा नेताहरू शिव अधिकारी, शम्भु पाण्डे, रामकृष्ण त्रिपाठी, राधाकृष्ण घिमिरे, श्रवण अधिकारी, दुर्गा त्रिपाठी, बालकृष्ण त्रिपाठी, ऋषिराम तिवारी, तिलकबहादुर लामा, विष्णुबहादुर अधिकारी र भोला त्रिपाठीलगायतको उपस्थिति रहेको थियो।

शोकसभामा स्वर्गीय राधिका पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरिएको नेपाली कांग्रेस पोखरा-२८ ले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.