काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा दुई हजार दुई सय र चाँदीको ६० रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार चार सय रुपैयाँ रहेको थियो।
यता, सोमबार प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।




