Skip to main content

Nidan Media

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, तीन जना घाइते

बारा। बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिका-९ बसवरियास्थित नहर सडकखण्डमा सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा साइकल चालक सिम्रौनगढ नगरपालिका-६ निवासी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। साइकलको पछाडि सवार खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा साइकल चालक सबु मोहम्मदसहित मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका-६ निवासी बिगु महतोका छोरा २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार २२ वर्षीय विवेक महतो घाइते भएका छन्।

घाइते सबु मोहम्मदको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। अजय र विवेकको अवस्था गम्भीर रहेको र कलैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि राति ७ः५० बजे वीरगन्जस्थित नारायणी न्यूरो अस्पताल रिफर गरिएको प्रहरीले जनाइएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.