काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अध्यादेश असोज २३ गते जारी भएको हो । अध्यादेशमार्फत विपद्सम्बन्धी प्रचलित केही नेपाल ऐन संशोधन गर्ने व्यवस्था गरिएको छ ।
तर, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा अध्यादेशमा समेटिएका संशोधनका विस्तृत प्रावधान खुलाइएको छैन ।




