Nidan Media

पोखरा आइपुगे प्रधानमन्त्री शाह, शनिबार मुस्ताङ जाने

पोखरा। प्रधानमन्त्री वालेन्द्र शाह बालेन पोखरा आइपुगेका छन्।

शुक्रबार अपराह्न पोखरा आइपुगेका प्रधानमन्त्री शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्ट पुगेका छन्। उनी शुक्रबार यही रिसोर्टमा बास बस्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको कार्यालयले शाहको भ्रमण निजी भएको जनाएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाहको यो भ्रमण नितान्त पारिवारिक हो।

प्रधानमन्त्रीको अन्य कुनै पनि औपचारिक कार्यक्रम नरहेको र भ्रमणलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त पारिएको उनले बताए।

परिवारका सदस्यहरूसहित काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम छ।

मुस्ताङ भ्रमणका क्रममा उनले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) को केन्द्रीय समिति बैठक शुक्रबारदेखि नै शुरू भएको छ।

पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह केन्द्रीय समिति बैठक नै बेवास्ता गरेर नितान्त निजी भ्रमणमा निस्किएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.