Nidan Media

सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश – नेपालीबीचको एकता खल्बलिन दिनुहुँदैन

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गरेका छन्।

श्रावण १४ गते जारी सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको देश भएकाले यही विविधतामा रहेको एकता नै नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्।

उनले नेपाली समाज परापूर्वकालदेखि नै परस्पर मेलमिलाप, आपसी सद्भाव र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै यस मौलिक विशेषतालाई कुनै पनि हालतमा खल्बलिन दिन नहुने बताएका छन्।

सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द्व र हिंसात्मक घटनाबाट जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न स्थानसम्म फैलिएकोप्रति दुःख व्यक्त गर्दै उनले यस्तो घटना नेपालको मौलिक मूल्य र सामाजिक संस्कृतिविपरीत भएको बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले समाजका सबै समुदायबीच आपसी सामञ्जस्य कायम राख्नुपर्नेमा जोड दिँदै देशका जुनसुकै भूभागमा रहे पनि सबै नेपाली मिलेर बस्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले सन्देशको अन्त्यमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन सबै नेपालीलाई आह्वान गरेका छन्।

यस्तो छ सद्भाव सन्देश

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.