Nidan Media

मेस्सीको गोलमा अर्जेन्टिना अन्तिम १६ मा, केप भर्डेमाथि ३-२ को रोमाञ्चक जित

काठमाडौँ । लियोनल मेस्सीको गोल तथा अतिरिक्त समयमा आएको आत्मघाती गोलको मद्दतले अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अन्तिम ३२ अन्तर्गतको खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले निर्णायक गोल गर्दै प्रिक्वार्टरफाइनल पार गर्न सफल भयो।

अर्जेन्टिनाले २९औँ मिनेटमा अग्रता लिएको थियो। लिसान्द्रो मार्टिनेजको पासमा कप्तान लियोनल मेस्सीले सुन्दर गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। उक्त गोलसँगै मेस्सीले जारी विश्वकपमा सात गोल पूरा गरेका छन्।

साथै, उनले विश्वकपमा छैटौँ सहभागिताका क्रममा ३० खेलबाट २० गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडीको रूपमा आफ्नो कीर्तिमान अझ बलियो बनाएका छन्।

केप भर्डेले ५९औँ मिनेटमा डेरोए डवार्र्टेको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको ९३औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २-१ को अग्रता दिलाए। तर १०३औँ मिनेटमा सिड्नी काब्रालले गोल गर्दै केप भर्डेलाई फेरि खेलमा फर्काए।

दुवै टोली २–२ को बराबरीमा रहेका बेला १११औँ मिनेटमा केप भर्डेका डिने बोर्गेजबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो। त्यसपछि अर्जेन्टिनाले बाँकी समय अग्रता जोगाउँदै अन्तिम १६ मा स्थान बनायो।

खेलभर मेस्सीले थप गोल गर्ने केही उत्कृष्ट अवसर सिर्जना गरे पनि केप भर्डेका गोलकिपर जोसिमार डियाज वोजिन्हाले शानदार बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।

पराजित भए पनि पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिच्यो। टोली समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको थियो।

समूह चरणमा केप भर्डेले स्पेनसँग गोलरहित बराबरी, उरुग्वेसँग २-२ को बराबरी तथा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.